Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लागु औषधसहित पोखरामा २ जना पक्राउ

लागु औषधसहित पोखरामा २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • २१:१७:२२ बजे
  • 2.2K
    SHARES
  • लागु औषधसहित पोखरामा २ जना पक्राउ

    पोखरामा लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

    images

    लागु औषधको किनबेच गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागू औषधसहित दुई जनालाई छोरेपाटनबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी ढोरबाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।

    उनीहरुको साथबाट लागूऔषध डाईजापाम–९६ एम्पुल, नुर्फिन–९७ एम्पुल, फेनारगन–९६ एम्पुल र तीन वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

    उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology