Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘ए’ डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

‘ए’ डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:५८:१८ बजे
  • 748
    SHARES
  • ‘ए’ डिभिजन लिग : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

    शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ ।

    images

    काठमाडाैंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् ।

    फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने पहिलाे खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन् ।

    सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । फ्रेन्ड्स दुई खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ । थ्री स्टारको दुई खेलमा ३ अङ्क छ ।

    थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ । त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # ‘ए’ डिभिजन लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology