Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जनाद्वारा स्वास्थ्यलाभ

थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जनाद्वारा स्वास्थ्यलाभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १७:४६:१२ बजे
  • 892
    SHARES
  • थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जनाद्वारा स्वास्थ्यलाभ

    मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २३ जना र १ हजार ४३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०३ हजार ७१६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८३६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ८७ हजार ३४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन, भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology