Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १८:२३:३४ बजे
  • 649
    SHARES
  • सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ

    सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भएकी कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनि खबर गरेकोमा उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

    थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भईरहेकोमा उनी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।

    उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फरार महिला पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology