Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाक्लो हुस्सु कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’

बाक्लो हुस्सु कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १०:४१:२० बजे
  • 1.3K
    SHARES
  • बाक्लो हुस्सु कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थल बन्द भएको हो ।

    images

    बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

    उनका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् । विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमानस्थलमा अलपत्र परेका छन् ।

    केही दिनदेखि आएको मौसमको खराबी सोमबारबाट हट्ने भएको छ । शुक्रबार मुलकभर छिटफुट वर्षा भएको थियो । आज पनि केही स्थानमा वर्षा हनुे भएपनि सोमबारबाट भने मौसममा सुधार आउने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले नेपालको मौसममा खराबी आएको बताएको छ । महाशाखाका अनुसार यतिबेला प्रदेश १ र प्रदेश २ लगायत आंशिक बदली छ ।

    त्यसबाहेकका अन्य क्षेत्रमा भने मौसम सामान्य रहेको बताइएको छ । बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। सोमबारसम्म पर्वतारोहण, हवाई यातायत लगायत नगर्न मौसमविदहरुले सुझाएका छन् । त्यस्तै चिसोबाट बच्न र हिमपातको प्रभावबाट बच्नसमेत मौसमविदहरुको आग्रह रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology