Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:३३:१९ बजे
  • 601
    SHARES
  • देशका विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परेर कम्तिमा १० जनाको मृत्यु भएको छ । ताप्लेजुङ, कञ्चनपुर, पाल्पा, महोत्तरी, पर्वत, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो ।

    images

    ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ बोखिमस्थित सडकमा ओरक्पाबाट कुन्जरीतर्फ जाँदै गरेको मे.१ त ६८९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त लिम्बु र १५ वर्षीय समिर लिम्बुको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका बसन्तको धरान घोपा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको धरान घोपामा उपचार भइरहेको छ । यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित सडकमा से.१ त ३८४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कृष्णपुर नगरपालिका-९ बस्ने ६५ वर्षीया द्रोपती राना सहित ३ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनाको निर्सग अस्पताल धनगढी र ३ जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन ।

    पाल्पाको तानसेन नगरपालिका-९ दमकडास्थित सडकमा लु.४ त ५४३८ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टरका साहु सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह-चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा प्र.२-०२-००१ प ३८५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका-८ बस्ने २० वर्षीय बलिराम साहको घटनास्थलमै मृत्यु भएको छ ।

    पर्वतको कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको ग.२ ख ००९८ नम्बरको बसले ग. २ त ६४२७ नम्बरको ट्याक्टरलाई शनिबार बिहान ठक्कर दिंदा ट्याक्टरमा सवार उदयपुर चौदण्डीगढी नगरपालिका-२ बस्ने १८ वर्षीय बिशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १८ जनालाई जिल्ला अस्पताल र ५ जनालाई गण्डकी अस्पताल पोखरातर्फ उपचारको लागि पठाइएको छ । दुबै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उता पर्साको पटेर्वासुगौली गाउँपालिका-२ स्थित सडकमा ना.५ त ४१०८ नम्बरको ट्याक्टरको चक्का बिग्रीन गई जग लगाई तान्ने क्रममा जग फुत्किँदा ट्याक्टरको धुराले च्यापिएर ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय साविर खान पौठानको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

    सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा को.१ ख ४९८८ नम्बरको बसले को.१ ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिई बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम,थर, वतन नखुलेका १ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २२ जनाको सोही अस्पतालामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology