Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डाक्टरले श्रीमतीसहित दुई सन्तानको हत्या गरेपछि.......

डाक्टरले श्रीमतीसहित दुई सन्तानको हत्या गरेपछि.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • २०:१०:५३ बजे
  • 859
    SHARES
  • डाक्टरले श्रीमतीसहित दुई सन्तानको हत्या गरेपछि.......

    एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा फेला परेको समाचार छाइरहँदा त्यहाँका एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका छन् ।

    images

    भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना उत्तर प्रदेशको कानपुरमा घटेको हो । डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेको बताइएको छ ।

    भारतीय सञ्चामाध्यमका अनुसार डा. सुशीलले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेका थिए । तर, प्रहरी पुग्दा डा. सुशील भने फरार भइसकेका थिए। र, त्यहाँ उनले एउटा नोट छाडेका थिए ।

    उक्त नोट प्रहरीले फेला पारेको थियो । नोटमा लेखिएको थियो– ओमिक्रोनका कारण मैले हत्या गरेँ।

    अब यिनीहरुको शव गन्नु पर्दैन। डाक्टरले ओमिक्रोनको डरले हत्या गरेको खुलासा भएको पनि बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # दुई सन्तानको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology