Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोली लागेर तनहुँमा १७ वर्षीय युवकको मृत्यु

गोली लागेर तनहुँमा १७ वर्षीय युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • ०८:३६:१४ बजे
  • 790
    SHARES
  • गोली लागेर तनहुँमा १७ वर्षीय युवकको मृत्यु

    तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा गोली लागेर युवकको मृत्यु भएको छ ।

    images

    गएराति शिकार खेल्ने क्रममा गोली लागेर १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    डीएसपी युवराज खड्काका अनुसार, शिकार खेल्न जंगल गएका बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको हो । 

    घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका सुनबहादुर गुरुङ राहित मल्लकै छिमेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology