Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिप दुर्घटना हुँदा जनाको मृत्यु , ६ जना घाइते

जिप दुर्घटना हुँदा जनाको मृत्यु , ६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • २०:४७:०६ बजे
  • 934
    SHARES
  • जिप दुर्घटना हुँदा जनाको मृत्यु , ६ जना घाइते

    बैतडीमा जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएकाछन् ।

    images

    पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केही समय अघि मात्रै बिहे गरेका नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा र २० वर्षीय मनीषा बिक रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते ६ जनाको परिचय खुल्न बाँकी रहेको छ ।

    घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले बताए । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागेको उनले बताए ।

    दुर्घटना साँझ साढे ५ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना हुँदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology