Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गर्ने श्रीमान पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • २०:५१:५६ बजे
  • 799
    SHARES
  • श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गर्ने श्रीमान पक्राउ

    आफ्नै कोठामा श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

    images

    ललितपुर महानगरपालिका–१० कुपन्डोलस्थित डेरा गरेर बस्ने रामेछाप मन्थली नगरपालिका–१२ कि ३५ वर्षीया जानुका भुजेल मंसिर १६ गते आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

    करिब दिउँसो ३ बजे मृत भेटिएकी जानुका प्रहरी अनुसन्धान, पोष्टमार्टम रिपोर्ट, विभिन्न प्राविधिक पाटोको अनुसन्धानबाट भुजेलको स्वभाभिक मृत्यु नभएर हत्या भएको खुलेको थियो।

    हत्यामा उनकै श्रीमान ३५ वर्षीय एक्काराज भुजेलको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको ललितपुर परिसरले जानकारी दिएका छन् ।

    भुजेलले श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गर्ने श्रीमान एक्काराज आफैले श्रीमती मृत फेला परेको भन्दै प्रहरीलाई खबर समेत गरेका थिए ।

    एक्काराजले श्रीमती खाटमा सुतिरहेको श्रीमती मृत अवस्थामा फेला परेको भनि प्रहरीलाई सूचना दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीलाई घाँटीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology