Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • १९:०६:३४ बजे
  • 835
    SHARES
  • थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    नेपालमा मंगलबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ९ हजार ३ सय ८६ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ३०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय ५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ५२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology