Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • ०८:२८:४६ बजे
  • 658
    SHARES
  • आजको मौसम

    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १ र २ को मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    ‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology