Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा मंगलवार कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी

गण्डकी प्रदेशमा मंगलवार कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७७ मंगलवार • ०७:३६:०३ बजे
  • 2.0K
    SHARES
  • गण्डकी प्रदेशमा मंगलवार कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी
    आश तमु पोखरा - गण्डकी प्रदेशमा कास्की, पुर्वी नवलपुर र बाग्लुङ गरी थप ८ जनामा कोरोना पुष्टी भएको छ ।

    मंगलवार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना संक्रमितहरु थपिएका  हुन । थपिएका संक्रमितहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नखुलेको ५०र २५ वर्षका दुई महिला रहेका छन भने वडा न ६ का २३ र २८ वर्षिय पुरुष रहेका छन ।

    यस्तै नवलपुर कावासोती वडा न २ का २ जना १४ वर्षिय बालिका र ३७ वर्षिय महिला रहेका छन । बाग्लुङ बरेङका २ जनामा २५ बर्षिय महिला र ६ वर्षका बालक रहेका छन। सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी गराएको छ |
    117908846_178192983688487_886042385307033865_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology