Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भक्तपुरमा युवा संघका जिल्ला सदस्यको हत्या

भक्तपुरमा युवा संघका जिल्ला सदस्यको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १४:१९:४५ बजे
  • 796
    SHARES
  • भक्तपुरमा युवा संघका जिल्ला सदस्यको हत्या

    भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ ।

    images

    मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

    उनका अनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषित गरेको उनले जानकारी दिए।

    श्रेष्ठको हत्यामा संलग्नको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको कमाण्डमा टोली गठन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # जिल्ला सदस्यको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology