Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको मङ्गलामा पहिरो खस्दा हिलबाङ खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्र जोखिममा

म्याग्दीको मङ्गलामा पहिरो खस्दा हिलबाङ खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्र जोखिममा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७७ मंगलवार • ०९:२९:१४ बजे
  • 2.1K
    SHARES
  • म्याग्दीको मङ्गलामा पहिरो खस्दा  हिलबाङ खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्र जोखिममा
    म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ ।

    अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए ।

    “माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भने ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology