Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिसो मौसममा तातोपानी पिउनुका ६ फाइदा

चिसो मौसममा तातोपानी पिउनुका ६ फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ११:४०:४५ बजे
  • 1.1K
    SHARES
  • चिसो मौसममा तातोपानी पिउनुका ६ फाइदा

    गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानी धेरै पिउनुपर्छ । तर, चिसो मौसममा चिसोको कारण कम पानी पिउने बानी हुन्छ । जसलाई शरीरलाई आवश्यक पानीको मात्रा पुग्दैन र विभिन्न समस्याहरु पैदा हुन्छ ।

    images

    चिसो मौसममा तातो पानी पिएर शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउन सकिन्छ । चिसो मौसममा तातोपानीले अन्य धेरै फाइदाहरु गर्छ । 

    पाचन प्रक्रियामा सुधार 
    एक अध्ययनका अनुसार तातोपानीले शरीरको मेटाबोलिक रेटमा सुधार आउँछ । जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरुबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानीमा शरीर धेरै छिटो टुट्छ ।

    यसले कब्जियत, बवासीर, फिसर जस्ता खतरनाक बिरामीहरुको जोखिम पनि कम गराउँछ । यस्ता समस्या सबै कम पानी पिउने कारण पैदा हुन्छन् ।

    रक्तसञ्चारमा सुधार 
    हाम्रो शरीरमा गर्मीको तुलनामा चिसोमा रक्तचाप धेरै हुन्छ । चिसोमा रक्तकोशिकाहरु सुक्ने भएकाले रगत सञ्चार हुन समस्या हुन्छ र रक्तचाप बढ्छ । तातो पानीले रक्तकोशिकाहरुलाई फैलाउने काम गर्छ । यसले रक्तसञ्चारमा सुधार ल्याउँछ ।


    शरीरको दुखाईबाट राहत पाउन 
    चिसो मौसममा धेरै मानिसहरु मांशपेशी दुख्ने समस्याबाट पीडित हुने गर्छन् । चिसो बढी भएपछि हाडजोर्नीको दुखाई बढ्ने गर्छ । तातोको सेवनले शरीरमा धेरै प्रकारका दुखाईबाट बचाउँछ भने पेटमा हुने समस्याबाट पनि बचाउँछ ।


    तौल कम गर्न 
    चिसो मौसममा मेटाबोलिज्म रेट कम हुन थाल्छ । र शरीरको तौल बढ्न थाल्छ । अध्ययनका अनुसार तातोपानीले हाम्रो शरीरमा मेटाबोलिज्म प्रणालीलाई बुष्ट गर्ने र शरीरमा जम्मा हुने फ्याट कम गराउँछ । जुन मोटोपन बढाउन जिम्मेवार मानिन्छ । त्यसैले मोटोपन नियन्त्रण गर्न तातोपानीबाट दिनको सुरुवात गर्नुपर्छ । 


    नाक र घाँटीमा समस्या 
    चिसो मौसममा तातो पेयपदार्थले नाकबाट सिगान बढ्ने समस्या, खोकी र घाँटीमा आउने समस्याहरुलाई कम गर्छ । यसले छातीभित्र बलगम, खोकी जस्ता समस्यालाई राहत दिन्छ । तातोपानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्छ । 


    धेरै चिसो 
    चिसो मौसममा धेरै मानिसहरुका लागि पीडादायी हुन्छ । चिसोले गर्दा उनीहरु काम गर्न सक्दैनन् । यस्तो अवस्थामा तातोपानीको सेवन उपयुक्त हुन्छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology