Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतको जेलमा ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

भारतको जेलमा ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • १२:३७:४४ बजे
  • 745
    SHARES
  • भारतको जेलमा ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

    भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना ( दिपक जोशी ) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

    images

    उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो ।

    मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा क्षतिपूर्ति जम्मा गर्न आदेश दिएको हो ।

    उनी १९ वर्षको छँदा इलामको माई नगरपालिका(१० बाट तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए ।

    दार्जिलिङमा एक युवतीको हत्या आरोपमा सन् १९८० मा जेल परेका उनी बिनाकसुर ४१ वर्ष जेल बसेका थिए ।

    गत चैतमा तिम्सिनालाई कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # भारतको जेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology