Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

पोखरामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७७ मंगलवार • १०:२६:११ बजे
  • 2.3K
    SHARES
  • पोखरामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट  मृत्यु
    पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट पोखरामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 
    पोखरामा तनहूँ व्यास नगरपालिकाकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
    उनको मृत्यु सोमबार राति भए पनि पीसीआर रिपोर्ट आज बिहानमात्रै आएको थियो । उनको पीसीआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको बताइन्छ ।  

    गत आइतबार पोखरास्थित कास्की सेवा अस्पतालमा भर्ना भएकी उनको सोमबार राति निधन भएको हो । ती महिलामा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । 

    कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शब मजुवाघाटमा व्यवस्थापनको तयारी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology