Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वेवारिसे अवस्थामा नवजात शिशु फेला

वेवारिसे अवस्थामा नवजात शिशु फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:०६:१२ बजे
  • 724
    SHARES
  • वेवारिसे अवस्थामा नवजात शिशु फेला

    पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

    images

    धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् ।

    बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

    शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो ।

    शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए । शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # वेवारिसे अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology