Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा कोरोनाको महामारी फैलिएपछि मंगलबार रातिदेखि कास्की जिल्लाभर निषेधाज्ञा लागु

पोखरामा कोरोनाको महामारी फैलिएपछि मंगलबार रातिदेखि कास्की जिल्लाभर निषेधाज्ञा लागु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७७ मंगलवार • १०:५५:०६ बजे
  • 2.5K
    SHARES
  • पोखरामा कोरोनाको महामारी फैलिएपछि मंगलबार रातिदेखि  कास्की जिल्लाभर निषेधाज्ञा लागु
    मंगलबार रातिदेखि पोखरामा कोरोनाको महामारी फैलिएपछि कास्की जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । अहिले बिहान जिल्ला स‌ंकट व्यवस्थापन समिति कास्कीकाे बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

    आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको  कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए।

    पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

    निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधीका बाहेक अरु सबै पसल बन्द रहने छन् ।

    त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

    तीज र कुशे औंसी जस्ता पर्वमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित महानगर निषेधाज्ञाको निर्णयमा पुगेको थियाे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology