Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ११:२१:१८ बजे
  • 916
    SHARES
  • सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

    आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

    images

    पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आफँै अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

    घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०÷४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

    दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ । सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # दुई जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology