Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नवजात शिशूको उपचारमा आर्थिक अभाव 

नवजात शिशूको उपचारमा आर्थिक अभाव 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • २०:४८:३८ बजे
  • 1.7K
    SHARES
  • नवजात शिशूको उपचारमा आर्थिक अभाव 

    म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा आर्थिक अभाव भएको छ । 

    images

    यही मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ । 

    नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मीएको बच्चाको तौल एक किलो आठ सय ग्राम थियो । टकमायाले ताकम स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । 

    जन्मनै बित्तिकै स्वास्थ्य समस्या देखिएपछि पोखराका अस्पतालमा लगेका थिए । पोखरामा उपचार हुन नसक्ने डाक्टरले बताएपछि शिक्षण अस्पताल लगिएको हो । 

    बच्चाका बुवा प्रशान्त परियारले छोरीको उपचारमा आर्थिक अभावले समस्या भएको बताउनुभयो । टकमाया र प्रशान्त दम्पत्तीले दोस्रो सन्तान जन्माएका थिए ।

    बच्चालाई आइसियुमा राखेर परिवारका सदस्यहरु थप उपचारका लागि खर्च जुटाउन सहयोगीको खोजिमा भौतारिएका छन् ।  

     

     

     

     

  • सम्बन्धित विषय:

  • # नवजात शिशू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology