Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • ०८:५०:४७ बजे
  • 724
    SHARES
  • आजको राशिफल

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    धनलाभ हुनसक्छ । आजको दिन श्रद्रा, भक्तिपूर्वक नवग्रहको आरधना गर्नुहोला । व्यापारबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा विचार पुर्‍याउनु होला ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्य लाभ हुनेछ । तपाईँलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । शनिबार यात्राबाट अर्थ हानी हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्नु भएमा तपाईँमा खुसी छाउनु हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईलाई हानी हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    शनिबार आफन्तको घरमा जाँदा तपाईँलाई आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    तपाईँको मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग तपाईको सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । परिवारमा विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नु राम्रो होला ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछन् । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राको अवसर आउनसक्छ । स्वास्थ्यमा ख्याल राख्नुहोला । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँका लागि फाइदा हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    आजको दिन अर्थलाभ हुनेछ । ग्रह बलिया छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
    सामाजिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाईँलाई मनमा हर्ष छाउने छ । तपाईँले गरेको कामको सम्मान गरेका कारण मनमा अलि बढी खुसियाली हुँदा पनि हानी हुनसक्छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ छ । तपाईँले सोचअनुसारको काम हुनेछ । गृहस्थ जीवनका योजना सफल हुनेछन् ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच, सामाजिक कार्य र शिवालय, देवालयको दर्शन गरेर मनमा भएका चिन्ता हटाउन सक्नुहुनेछ । अध्ययन अध्यापन, ध्यान र चित्त साधनामा आजको दिन व्यतित गर्नु होला । रचनात्मक लेखनमा समय खर्च गर्नुभयो भने आजको दिन सफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology