Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुन दिवस कहिले पर्छ हेर्नुहोस

कुन दिवस कहिले पर्छ हेर्नुहोस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • १२:०५:२६ बजे
  • 6.6K
    SHARES
  • कुन दिवस कहिले पर्छ हेर्नुहोस

    १, हरेक वर्ष अक्टोबर १५ को दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ । नेपालमा सन् २००८ देखि यो दिवस मनाउन सुरू गरिएको हो ।

    images

    यस वर्ष अर्थात् सन् २०२१ का लागि यस दिवसको नारा ‘हाम्रो भविष्य हाम्रै हातमा छ – हामी सबै एकसाथ अघि बढौँ’ राखिएको थियो ।

    २, हरेक वर्ष अप्रिल २९ का दिन अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ ।

    युनेस्को अर्थात् संयुक्तराष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घको सहकार्यमा इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन सुरू गरिएको हो ।

    ३, नेपालमा हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

    २०७८ सालका लागि यस दिवसको नारा ‘मानव बेचबिखनमुक्त समाज हाम्रो प्रतिबद्धता ः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने राखिएको थियो ।

    ४ नेपालमा हरेक वर्ष फागुन ७ गते आम निर्वाचन दिवस मनाउने गरिन्छ । यसको सुरूवात वि.सं. २०७३ सालदेखि भएको हो ।

    ५, विश्वमा सर्वप्रथम सन् २०१८ को जुन ३ मा विश्व साइकल दिवस मनाइएको थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०१८ अप्रिल १२ मा गरेको निर्णय अनुसार यो दिवस मनाइएको हो ।

    ६, प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । यस वर्ष अर्थात् सन् २०२१ का लागि यस दिवसको नारा ‘रिविल्ड बेटर टुगेदर’ राखिएको थियो ।

    ७, हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ । सन् २०२१ का लागि यस दिवसको अन्तर्राष्ट्रिय नारा ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना’ र राष्ट्रिय नारा ‘नयाँ सोच र सिर्जना प्राकृतिक प्रणालीको पुनस्र्थापना’ रहेको थियो ।

    ८, हरेक वर्ष मार्च २१ मा अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिन्छ । सन् २०२१ का लागि यस दिवसको नारा ‘फरेष्ट रेस्टोरेशन : ए पाथ टु रिकभरी एण्ड वेल विइङ्ग’ राखिएको थियो ।

    ९, नेपालमा पहिलो पटक वि. सं. २०७३ साल पुस २२ गते निर्यात दिवस मनाइएको थियो । निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मानी यो दिवस मनाइएको थियो ।

    १०, नेपाल सरकारले हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै आएको छ ।

    ११, मुलुकमा वि.सं. २०७५ साल साउन १ गतेदेखि सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यले १० वर्षे बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लागू गरिएको छ । यस अनुसार वि.सं. २०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम तथा योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य राखिएको छ । स्रोत विभिन्न पत्रपत्रिका

  • सम्बन्धित विषय:

  • # कुन दिवस कहिले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology