Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • १२:२५:०० बजे
  • 1.7K
    SHARES
  • बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

    बस र मारुती भ्यान एक-आपसमा ठोक्किँदा शनिबार बिहान झापामा एक जनाको मृत्यु भएको छ ।

    images

    साथै सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा ठोक्किँदा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए ।

    घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।

    यता अन्य घाइतेहरू बाह्रदशी– १ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।

    उनीहरूको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।

    झापामा चिसो बढेसंगै लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # बस र मारुती भ्यान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology