Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • ०८:२४:२४ बजे
  • 715
    SHARES
  • आजको राशिफल

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    व्यापारव्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम सुरु गर्दा साताभर कार्यसिद्ध हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    तपाईँका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईँले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आजको दिन दाम्पत्य जीवनमा विवाद हुनसक्छ । कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काम नगर्दा बेस हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन सुरु गरेको यात्राले तपाईँलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित कामबाहेक नयाँ काम नगर्नुहोला । विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भाावना रहन्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    आजको दिन व्यापारव्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    आजको दिन आफन्तलाई भेट गर्दा साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययनअध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    हरेक साताको आइतबार बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापका लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology