Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार र घरेलु हिंसाका घटना बृद्धि

बलात्कार र घरेलु हिंसाका घटना बृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • ०८:३५:५९ बजे
  • 826
    SHARES
  • बलात्कार र घरेलु हिंसाका घटना बृद्धि

    धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको संख्यामा मानब अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यङ्कले देखाएको छ।

    images

    गतवर्ष ३० वटा मानवअधिकार उल्लंघनका घटना भएकोमा यसवर्ष २७ वटा मानवअधिकार उल्लंघनका घटना बढेर ५७ पुगेको हो।

    इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि शनिबार धनकुटामा गरेको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा २०७७ पुसदेखि हालसम्म जिल्लामा ५७ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिइएको हो।

    इन्सेकको तथ्याङ्कअनुसार विगत एकवर्षको अवधिमा दुई जनाको हत्या, एक जनामाथि कुटपिट, ३२ महिला माथि घरेलु हिंसा र २२ जना महिला तथा बालिका बलात्कृत भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इनिक्स्पेक्टर कासीराम रेग्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मिन सुवेदी, इन्सेकका पूर्वअध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र बार एसोसियसनका प्रतिनिधि ठगिनकुमार राई लगायतले मानवअधिकारका घटानाको समीक्षा गर्दै यस्ता घटना न्यूनीकरणमा सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैरसरकारी संस्था महासंघ, सशत्र प्रहरी बल छिन्ताङ गुल्म र वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology