Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप २५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १८:५९:३३ बजे
  • 757
    SHARES
  • थप २५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ००४ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३४ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०६ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६८२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ७५ हजार २८३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology