लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सासहितको नेपालको मानचित्र दार्चुला जिल्लाको सरकारी कार्यालयमा अनिवार्य गरिएको छ ।
नेकपा विप्लव समूहले अभियान नै चलाएर दार्चुला जिल्लाको सरकारी कार्यालयमा नेपालको नयाँ चुच्चे नक्सा अनिवार्य गराएको हो ।
यस क्रममा आइतबार नेकपा विप्लव समूह दार्चुला जिल्ला सेक्रेटरी भरत मल्लको कमाण्डमा सिंचाई डिभिजन कार्यालय दार्चुलामा चुच्चे नक्सा टाँसिएको छ । चुच्चे नक्सा नटाँस्नेलाई कारवाही गर्ने चेतावनी समेत नेकपा दार्चुलाले दिएको छ ।
स्मरणीय छ, दार्चुलामा जिल्लामा नै लिपुलेक, लिम्पियाधुरा र कालापानी अवस्थित छ ।