Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २० घाइते

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २० घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १९:१८:५५ बजे
  • 1.5K
    SHARES
  • जीप दुर्घटनामा ३ जनाको मृत्यु, २० घाइते

    दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय दाङले दुईजनाको घटनास्थलमा र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाएको छ ।

    मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन् ।

    आज बेलुका ४ बजेतिर तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो । घाइतेको केहीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने केहीको नेपालगन्ज रेफर गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology