Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोनको नयाँ लक्षण : जुन रातिमा मात्र देखिन्छ, पसिना आउने र शरीर दुख्ने

ओमिक्रोनको नयाँ लक्षण : जुन रातिमा मात्र देखिन्छ, पसिना आउने र शरीर दुख्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • २०:४४:१३ बजे
  • 1.4K
    SHARES
  • ओमिक्रोनको नयाँ लक्षण : जुन रातिमा मात्र देखिन्छ, पसिना आउने र शरीर दुख्ने

    भाइरल इन्फेक्सनको सबैभन्दा खतरनाक पाटो भनेको भाइरसको गम्भीरता पत्ता लगाउन नसक्नु नै हो । कोभिड–१९ को डेल्टा भेरियन्ट विश्वभर नै महामारीको रुपमा फैलियो । डेल्टा भेरियन्टको संक्रमितदर धेरै छ ।

    images

    यो भेरियन्टबाट संक्रमितमा हल्का र गम्भीर प्रकृतिका लक्षणहरु देखिएका छ । यो भाइरस लागेपछि उच्च ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, रगतमा अक्सिजनको कमि हुने जस्ता लक्षणहरु देखिएका छन् ।

    यो भेरियन्टसँगै अर्को नयाँ भेरियन्ट पनि पुष्टि भएको छ । नयाँ भेरियन्टको नाम ओमिक्रोन भेरियन्ट राखिएको छ । यो भाइरस पनि विश्वभर फैलने क्रममा छ । यो भेरियन्टलाई सबैभन्दा छिटो फैलने भाइरस भएको वैज्ञानिकहरुले बताएका छन् । 

    विश्व स्वास्थ्य संगठनले यो भाइरसले पहिले कोरोना संक्रमित भएकालाई सजिल्यै समात्ने बताएको छ । कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकालाई पनि यो भाइरस लाग्ने सम्भावना भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    यो भाइरस कति खतरनाक भन्ने विषयमा केही दिनमा नै डब्ल्यूएचओले जानकारी दिनेछ । यस भाइरसलाई विश्वभरका वैज्ञानिकहरुले जाँच गरिरहेका छन् र लक्षणहरुका विषयमा पनि फरक फरक धारण व्यक्त गरिरहेका छन् । 

    भाइरल इन्फेक्सनको सबैभन्दा खतरनाक पाटो भनेको भाइरसको गम्भीरता पत्ता लगाउन नसक्नु नै हो । कोभिड–१९ को डेल्टा भेरियन्ट विश्वभर नै महामारीको रुपमा फैलियो । डेल्टा भेरियन्टको संक्रमितदर धेरै छ । यो भेरियन्टबाट संक्रमितमा हल्का र गम्भीर प्रकृतिका लक्षणहरु देखिएका छ ।

    यो भाइरस लागेपछि उच्च ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, रगतमा अक्सिजनको कमि हुने जस्ता लक्षणहरु देखिएका छन् । यो भेरियन्टसँगै अर्को नयाँ भेरियन्ट पनि पुष्टि भएको छ । नयाँ भेरियन्टको नाम ओमिक्रोन भेरियन्ट राखिएको छ । यो भाइरस पनि विश्वभर फैलने क्रममा छ । यो भेरियन्टलाई सबैभन्दा छिटो फैलने भाइरस भएको वैज्ञानिकहरुले बताएका छन् । 

    विश्व स्वास्थ्य संगठनले यो भाइरसले पहिले कोरोना संक्रमित भएकालाई सजिल्यै समात्ने बताएको छ । कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकालाई पनि यो भाइरस लाग्ने सम्भावना भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो भाइरस कति खतरनाक भन्ने विषयमा केही दिनमा नै डब्ल्यूएचओले जानकारी दिनेछ । यस भाइरसलाई विश्वभरका वैज्ञानिकहरुले जाँच गरिरहेका छन् र लक्षणहरुका विषयमा पनि फरक फरक धारण व्यक्त गरिरहेका छन् । 

    रातमा पसिना आउने र शरीर दुख्ने

    दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका जनरल प्रेक्टिशनर डा. उनबेल पिल्लेले ओमिक्रोन संक्रमित बिरामीमा रातिमा पसिना आउने समस्या देखिने बताएका छन् । कहिलेकाँही बिरामीमा यति धेरै पसिना आउँछ कि उसले लगाएको कपडा र ओछ्यान समेत भिज्न सक्छ । चिसो ठाउँमा भए पनि पसिना आउने समस्या देखिन्छ । यसका साथै, बिरामीको शरीर पूरै दुख्ने गर्छ । 

    सुख्खा खोकी र शरीर दुख्ने
    डा. उनबेल पिल्लेका अनुसार ओमिक्रोन संक्रमित बिरामीलाई लगातार सुख्खा खोकी लाग्ने गर्छ । यसका साथै, ज्वरो आउने, मासंपेशी दुख्ने आदिन लक्षणहरु देखिन्छन् । 

    घाँटी चिरिने 
    दक्षिण अफ्रिकाका डाक्टर एन्जलीके कोएट्जीले ओमिक्रोन संक्रमितको घाँटीभित्रका मासुहरु चिरिने समस्या आउँछ । जुन निकै पीडादायी हुन्छ । 

    हल्का ज्वरो 
    कोरोनाको जुनसुकै भेरियन्ट लागेका व्यक्तिहरुमा ज्वरोको समस्या आउँछ । कोएट्सीका अनुसार ओमिक्रोन लागेका बिरामीहरुको शरीरको तापक्रम आफै घट्ने र बढ्ने हुन्छ । 

    थकावट 
    यो भाइरस लागेका बिरामीहरुलाई अत्यधिक थकाई लाग्छ । संक्रमित व्यक्तिहरुमा शक्ति एकदमै कम हुन्छ ।

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology