Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • ०८:२५:४१ बजे
  • 814
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजयप्राप्त हुनेछ । आजको दिन चन्द्रमा पनि मेष राशिमा भएकले शत्रुमाथिको विजय प्राप्ति, तपाईँले कुनै पनि नयाँ काम सुरु गर्दासमेत सफलता प्राप्त हुनेछ । परिवार र आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिन र साता नै फलदायी हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    आजको दिन अध्ययन अध्यापनमा रुची कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा गर्नुहोला । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिनु राम्रो हुन्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र ब्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । नियमित काम मात्र गर्ने नयाँ काम नगर्दा राम्रो हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    तपाईँका लागि आजको दिन अनुकल देखिएन । तर, धन प्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा तपाईँप्रति नकारात्मक सोच्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई सापटी दिएका धन फिर्ता हुनसक्छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    आजको दिन तपाईँसँग अनावश्यक विवाद नगर्नुहोला । लामो दूरीको यात्रा पनि नगर्दा हुन्छ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक हानी हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको आफन्तजनबाट धोका हुनसक्छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    आज दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । आजको दिन तपाईँले कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ । तपाईँले मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला । आशीर्वाद लिने व्यक्तिसँगको भेट फलदायी हुनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    आजको दिन र समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईँले सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    व्यापारव्यवसायमा लाभ हुने देखिन्छ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । यात्रा गर्दा फलदायी कार्ययोजना बन्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नु फलदायी हुनेछ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। अध्ययनअध्यापनमा रुचि बढ्ने छ । आजको दिन गणेशको मन्दिर वा हुनमानको देवालय यात्रा गर्दा सकारात्मक सोच बढ्ने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठमन्दिर वा गणेश मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यावसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । देवालयमा गएर बृद्ध र बालकलाई खानेकुरा वितरण गर्नु उत्तम हुनेछ ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । अध्ययन अनुसन्धानको कामबाट अर्थलाभ हुनेछ । लेखन, रचनात्मक काममा लागि मंगलबारको दिन शुभ बार रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको–राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology