Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम : काठमाडौंसहित मुलुकभर तापक्रम ४.३ डिग्रीमा झर्‍यो

आजको मौसम : काठमाडौंसहित मुलुकभर तापक्रम ४.३ डिग्रीमा झर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • ०८:२७:३० बजे
  • 817
    SHARES
  • आजको मौसम : काठमाडौंसहित मुलुकभर तापक्रम ४.३ डिग्रीमा झर्‍यो

    काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो । काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ ।

    images

    पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ ।

    त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ । सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ ।

    महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री रहेको छ । तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ । बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो ।

    भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

    आज दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology