Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसदको नाराबाजी चलिरहँदा संसद्‌मा ६ वटा अध्यादेश पेस

सांसदको नाराबाजी चलिरहँदा संसद्‌मा ६ वटा अध्यादेश पेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १६:०२:१३ बजे
  • 1.1K
    SHARES
  • सांसदको नाराबाजी चलिरहँदा संसद्‌मा ६ वटा अध्यादेश पेस

    सरकारले संसद्‌मा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ ।

    images

    मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।

    मन्त्री बडूले अध्यादेश पेस गरिरहँदा एमाले सांसद्को नाराबाजी चलिरहेको थियो ।

    आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

    संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसद्हरूले नाराबाजी गरेका थिए ।

    मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # ६ वटा अध्यादेश पेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology