Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो

बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १९:०२:३० बजे
  • 1.2K
    SHARES
  • बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो

    तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ ।

    images

    मोरङको रंगेली नगरपालिका– २ नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो ।

    दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको उनका बाबु चन्द्र उराउले बताए ।

    ‘आइतबारदेखि खोजिरहेका थियौं तर भेटेको थिएन, हिजो पनि राति १ बजेसम्म बस्यौ,’ उनले भने, ‘बिहानपख भर्खरै खनेको खाडी देखियो, खोतलेर हेर्दा छोरीको कपडा र शव देखेपछि प्रहरीलाई खबर गर्‍यौं ।’

    पानीमा डुबेको आशंकामा आइतबार र सोमबार पोखरीमा जाल हानेर पनि खोजिएको थियो । तर मंगलबार घर नजिकै भर्खरै खनिएको खाल्डोमा शव देखिएपछि बुबा चन्द्रले हत्या गरी खाल्डोमा पुरिएको दाबी गरे ।

    बेपत्ता बालिकाको शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # शव खाल्डोमा भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology