Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

लागु पदार्थ ब्राउन सुगरसहित १० युवा पक्राउ

लागु पदार्थ ब्राउन सुगरसहित १० युवा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • ०८:३३:११ बजे
  • 715
    SHARES
  • लागु पदार्थ ब्राउन सुगरसहित १० युवा पक्राउ

    दाङमा लागूऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् ।

    images

    तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

    प्रहरीले तुलसीपुर उपमहानगरपालिका–२१ वर्षीय वीरबहादुर विक, ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, १ भम्केका ३३ वर्षीय वीरबल विरकट्टा, सल्यानको कुमाख गाउँपालिका–२ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ वर्षीय वीरबहादुर चलाउने, बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ का २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर विकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।

  • सम्बन्धित विषय:

  • # १० युवा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology