Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १३:२७:२७ बजे
  • 997
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको एक हजार तीन सय ११ ग्राम सुनको बिस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरासहित पाँच जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    हिमालयन एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको सुन फेला परेको हो ।

    पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अली, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए००१००८८५ बाहक २५ वर्षीय जाहिदुल इस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् ।

    पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट एक सय ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद भएको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology