Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

२४ घन्टामा थपिए २८० कोरोना संक्रमित, ६ जनाको मृत्यु

२४ घन्टामा थपिए २८० कोरोना संक्रमित, ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १८:५५:४२ बजे
  • 766
    SHARES
  • २४ घन्टामा थपिए २८० कोरोना संक्रमित, ६ जनाको मृत्यु

    नेपालमा बुधबार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ९ हजार २१२ पिसिआर परीक्षणका क्रममा २५२ जना र २ हजार ७८२ एन्टिजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ८ सय ८९ पुगेको छ । कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५६५ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप ३ सय जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ८१६ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ५ हजार ६ सय ३५ सक्रिय सक्रमित आइसोलेसनमा रहँदा ९५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology