Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा

उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १९:०९:४७ बजे
  • 832
    SHARES
  • उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा

    अब गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली उच्च अदालत र जिल्ला अदालतमा पनि कार्यान्वयन हुने भएको छ ।

    images

    बुधबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठकले आगामी माघ २ देखि जिल्ला र उच्च अदालतहरुमा पनि गोला प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

    सर्वोच्च अदालत उच्च स्रोतका अनुसार पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया सुरु गर्नका लागि कुन–कुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ ? भन्नेबारे अध्ययन गर्नका लागि सर्वोच्च अदालत प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ ।

    उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन गरी गोला प्रक्रिया सुरु गर्ने कानूनी तयारी रहेको स्रोतले जनाएको छ ।

    त्यस्तै न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका बताइएको छ ।

    स्रोतका अनुसार गोला प्रक्रियाको शुरुवातका लागि न्यायाधीशहरुले उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा छलफल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # उच्च अदालत र जिल्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology