Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:३२:३९ बजे
  • 850
    SHARES
  • आजको राशिफल

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    सामाजिक र अध्यात्मिक कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा हर्ष छाउने छ । नयाँ कार्यको थालनीले मनमा शान्ति र उत्साह बढ्ने छ । आजको दिन कुनै शिवालय यात्राले मनोकाक्षा पुरा हुनेछ ।

    ष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    तपाईँलाई आज आकस्मिक धनलाभ हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । साथै, यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसीको खबरले उत्साह भरिने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    धनलाभ र नयाँ खबरले तपाईँको मनमा खुसियाली छाउने छ । परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने, मौन रहन सक्नु भयो भने तपाईको लागि फाइदा हुनेछ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको शान्ति प्राप्त हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आजको दिन यात्रा गर्दा विचार गर्नुहोला । तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि आजको दिन नयाँ अवसर प्राप्त हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईँलाई अनावश्यक विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । देवालय र शिवालय यात्रा गर्नुभयो भने तपाईँलाई फाइदा पुग्नेछ । मौन रहनु आज तपाईँका लागि फाइदा हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    आकस्मिक यात्रा गर्नुपर्ने हुनसक्छ । मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । आजको दिन घरमा बृद्ध माता, हजुरआमालाई केही उपहार दिनु भयो कन्या राशिका जातका लागि फाइदा हुनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच, र नयाँ काम गर्न खोज्नु भएको छ भने अग्रजको सल्लाह मानेर काम गर्दा सफल हुनुहुनेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । यदी सूर्योदयको दर्शनमा भएमा मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यता आवश्यक छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्यमा उपलब्धी हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । शिवालयमा केही खानेकुरा दान गर्नुहोला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन तपाईँले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ, बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । सर्वजनहितायको भावनाले काम गर्नुहोला ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    आजको दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सकारात्मक सोच राखेर काम गर्नुहोला । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा खुसी छाउने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology