Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

देशभरको मौसम

देशभरको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:३३:५४ बजे
  • 964
    SHARES
  • देशभरको मौसम

    हाल देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल प्रदेश नं १ र बाँकी पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रही देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

    images

    आज दिउँसो प्रदेश १ तथा बाँकी पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

    त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। भोलि (शुक्रबार) बाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ । 

    क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ ।’

    महाशाखाले भनेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

  • सम्बन्धित विषय:

  • # देशभरको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology