Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिलाहरुको आत्महत्या दर बढ्दो, २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या

हिलाहरुको आत्महत्या दर बढ्दो, २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १४:१९:२० बजे
  • 781
    SHARES
  • हिलाहरुको आत्महत्या दर बढ्दो, २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या

    एजेन्सी । अहिले प्रायः सबै देशमा आत्महत्याले विकराल रुप लिएको छ । त्यसमा पनि महिला आत्महत्या बढ्दो छ ।

    images

    बलत्कार, घरेलु हिंसा, दमन र उत्पिडनका कारण महिलाहरुको आत्महत्या दर बढ्दो छ ।

    भारतमा यो दर झनै बढ्दो छ । भारतमा गत वर्ष मात्र २२ हजार ३ सय ७२ गृहणीले आत्महत्या गरेको सरकारको राष्ट्रिय अपराध रेकर्ड व्युरो (एनसीआरबी)ले जनाएको छ ।

    यसको अर्थ औषतमा हरेक दिन ६१ जना र प्रत्येक २५ मिनेटमा एक जनाले आत्महत्या गर्छन् । सन् २०२० मा रेकर्ड भएका १ लाख ५३ हजार ५२ आत्महत्यामध्ये १४ दशमलब ६ प्रतिशत गृहणी छन् । गत वर्ष मात्र अपवाद थिएन् ।

    सन् १९९७ मा एनसीआरबीले तथ्यांक संकलन गरेदेखि नै हरेक वर्ष २० हजारभन्दा बढी महिलाले आत्महत्या गरेका छन् । सन् २००९ मा सो संख्या २५ हजार ९२ पुगेको थियो ।

    पारिवारिक समस्या वा विवाहसँग सम्बन्धित झगडाले उनीहरुले आत्महत्या गरेको विभिन्न प्रतिवेदनले दर्शाउँदै आएका छन् । तर, के कारणले ती हजारौं महिलाले जीवन त्याग्छन् ?

    मानसिक स्वास्थ्य विज्ञहरुका अनुसार आत्महत्याको मुख्य कारण घरेलु हिंसा हो । हालै गरिएको एक सर्वेक्षणमा ३० प्रतिशत महिलाले श्रीमानबाट हिंसा सामना गर्नु परेको बताएका छन् ।

    महिलाका दैनिक घरमा गर्ने कडा श्रमले वैवाहिक जीवनलाई उकुसमुकुस बनाएको र त्यसले हिंसा जन्माएको सर्वेक्षणमा जनाइएको छ ।

    ‘महिलाहरु वास्तवमै सहनशील हुन्छन्, तर सहनुको पनि सीमा हुन्छ,’ उत्तरी सहर बनारसकी मनोविद् डा.उषा वर्मा श्रीवास्तव बताउँछिन् ।

    उनी अगाडि भन्छिन्, ‘१८ वर्ष पुग्ने वित्तिकै अधिकांश युवतीले विवाह गर्छन् । उनीहरु कसैको श्रीमती र वुहारी बन्छन् र आफ्नो सम्पूर्ण दिन खाना पकाउँदै र घरको सफा गर्दा बित्दछ । उनमा हरेक प्रकारका प्रतिबन्ध लगाइन्छ ।

    उनको थोरै स्वतन्त्रता हुन्छ । उनलाई पैसामा सायदै पहुँच हुन्छ । ’ श्रीवास्तव भन्छिन्, ‘विवाहपछि महिलाको शिक्षा र सपनाको कुनै अर्थ रहन्न ।

    उनका महत्वकांक्षा विस्तारै ओइलाउन थाल्छन् । निराशा र पीडाले उनको अनुहार ढाक्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology