Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

छोरीको विवाह गर्न कम्तिमा २१ वर्ष पुग्नुपर्ने

छोरीको विवाह गर्न कम्तिमा २१ वर्ष पुग्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १८:१७:४० बजे
  • 1.7K
    SHARES
  • छोरीको विवाह गर्न  कम्तिमा २१ वर्ष पुग्नुपर्ने

    एजेन्सी । भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ । विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो ।

    images

    त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ । २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ । विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो ।

    विवाहका लागि महिलाको न्युनतम उमेर बढाउने बारेमा एउटा कार्यदल गठन गरिएको थियो ।

    विभिन्न क्षेत्रका व्यावसायिक व्यक्ति, वयस्क, युवतीहरु, नीति निर्मातालगायत विज्ञहरुसँगको वृहत सुझावपछि कार्यदलले महिलालाई विवाहका लागि न्युनतम उमेर प्रस्ताव गरेको थियो ।

    विवाहबारे वृहत सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न पनि कार्यदलले सुझाव दिएको छ । विद्यालयको पाठ्यकंममा यौन शिक्षालाई समावेश गर्नुपर्ने पनि कार्यदलको सुझाव छ ।

  • सम्बन्धित विषय:

  • # छोरीको विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology