Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा ड्युटीमा रहेको प्रहरी मोटरसाइकललाई मध्यरातमा जिपको ठक्कर , प्रहरीको मृत्यु एक गम्भीर घाइते

पोखरामा ड्युटीमा रहेको प्रहरी मोटरसाइकललाई मध्यरातमा जिपको ठक्कर , प्रहरीको मृत्यु एक गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७७ बुधवार • १०:२७:०८ बजे
  • 1.2K
    SHARES
  • पोखरामा ड्युटीमा रहेको प्रहरी मोटरसाइकललाई मध्यरातमा जिपको ठक्कर , प्रहरीको मृत्यु एक गम्भीर घाइते
    आश तमु पोखरा - पोखरामा ड्युटीमा रहेको प्रहरी सवार क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई मध्यरातमा बोलेरो जीपले ठक्कर दिदा एक प्रहरी जवानको निधन भएको छ ।यसै गरी पछाडी सवार अर्का प्रहरी हवल्दार गम्भिर घाइते भएका छन ।

    मंगलवार मध्यरातमा करिव एक बजेको समयमा पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले ग१ ब ३६९ नम्बरको  क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा वडा प्रहरी कार्यलय बैदाममा कार्यरत मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको हो भने ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते भएका हुन । 

    राती एक बजे बोलेरो जीपको ठक्करबाट ड्युटीमा रहेका पाल्पा घर भएका प्रहरी जवान चन्द्र वगालेको घटनास्थमै मृत्यु भएको हो ।
    घटनामा वर्दिया घर भएका डम्बर बहादुर थारु भएका घाइते भएका छन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा भैरहेको छ ।

    पोखराको मालेपाटनमा ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई ठक्कर दिने जिप चालक पोखरा -५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology