Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पात्लेखेतमा सार्वजनिक सुनुवाई 

पात्लेखेतमा सार्वजनिक सुनुवाई 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • ०९:३३:०६ बजे
  • 973
    SHARES
  • पात्लेखेतमा सार्वजनिक सुनुवाई 


    बेनी नगरपालिका–१० पात्लेखेतमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

    images

    Patlekhet Public Hearing  (2).jpg

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । 

    पात्लेखेतका बासिन्दाहरुले बान्द्रे पहिरोको जोखिममा रहेको बस्ती स्थानान्तरण, लिफ्ट खानेपानी आयोजनालाई पुर्ण सञ्चालन, गलेश्वर–काउलेगौडा–पात्लेखेत सडकको स्तरोन्नति, नेपानेमा बिद्यालय पुनसञ्चालन, नेपाने जोड्ने सडक मर्मत, खलखर्कको सडकको दिगो मर्मत, बेमौसमी बर्षातका कारण क्षति ब्यहोरेका कृषकलाई राहत दिनुपर्ने माग गरेका थिए । 

    यसैगरी दिपक माबी र बिद्योदय माबीमा दरबन्दिका शिक्षकको ब्यवस्था, ठेकेदार जिम्मेवार नभएकाले उपभोक्ता समितिबाट योजना कार्यान्वयन गर्नुपर्ने, पशु र बाली बिमालाई प्रभावकारी बनाउनुपर्ने, नगरबासी भएको अनुभुती गराउनुपर्ने, झिसँगको सिमाना बिवाद समाधान गर्नुपर्ने, महिला लक्षित कार्यक्रममा बजेट थप, सडकमा नाली र जालीको अनिवार्य ब्यवस्था गर्नुपर्ने, सेवा प्रवाहलाई छिटो छरिटो बनाउन सुझाव दिएका थिए । 

    Patlekhet Public Hearing  (3).jpg

    केदारनाथ पौडेल, गोकुल शर्मा, शिबबहादुर शाही, भगवति किसान, कोपीला खत्री, मसबिर रोका, रनबहादुर पाईजा, गोबिन्द पौडेल, गिता रोका लगायतले गुनासो र सुझाव ब्यक्त गर्नुभएको थियो । नगरप्रमुख हरिकुमार श्रेष्ठले बान्द्रेका पहिरो पिडितको पुनस्थापना गर्न जग्गा खोजी भइरहेको, योजनालाई दिगो, प्रभावकारी र पारदर्शी रुपमा कार्यान्वयन गराउन पहल गरिएको बताउनुभयो । 

    नगरको सबै भूगोलको समान बिकास गर्ने आफूहरुको योजना बताउँदै नगरप्रमुख श्रेष्ठले योजना कार्यान्वयनलाई प्रभावकारी र उपलब्धी मुलक बनाउन तथा शुुसासन कायम गराउन नागरिकको निगरानी र खबरदारी आवश्यक रहेको बताउनुभयो । पात्लेखेत जोड्ने मुल, नेपाने र खलखर्कको सडकको समस्या सम्बोधन गर्न आगामी हिउदे नगरसभामा छलफल गरिने बताउनुभयो । 

    Patlekhet Public Hearing  (8).jpg

    नगर उपप्रमुख सञ्जु बरुवालले सिमित स्रोतका कारण धेरै योजना अधुरा र अपुरा भएकामा आफूहरु पनि दुखित भएको बताउदै सिमा बिवाद समाधानका लागि पहल गर्ने र पात्लखेत जोड्ने सडक दुई तर्फको शुन्य बिन्दुबाट स्तरोन्नति भइरहेको बताउनुभयो । 

    प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सेवाप्रवाहका बिषयमा भएका गुनासो तत्कालै गर्न आग्रह गर्दै नियम अनुसार छिटो छरितो योजना तथा कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । 

    प्रशासकीय अधिकृत ढकालले चालु आर्थिक बर्षमा चालुतर्फ ४४ करोड ३५ लाख ९२ हजार बिनियोजन भएकोमा १० करोड २७ लाख ८२ हजार र पुजिगत तर्फको २३ करोड ४५ लाख ६१ हजार मध्य एक करोड ७६ लाख ३६ हजार खर्च भएको बताउनुभयो । चार करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानीको अनुमान गरेकोमा एक करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो । 

    ४७० वटा योजना छनौट भएकोमा ३९ वटा सम्झौता भएको, न्यायिक समितिमा दर्ता भएका १० वटा मुद्दा मध्य दुई वटा फस्यौट भएको, १३ हजार ४०७ जना नगरबासीलाई कोरोना बिरुद्धको पूर्ण खोप लगाइएको, बिपद्ले क्षति पुगेका ५७ घरलाई ३२ लाख रुपैयाँ राहत बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

    रावण पार्क, खुल्ला मञ्च बिस्तार, गलेश्वर गिठिनी पात्लेखेत सडक, अर्थुङ्गे पुलाचौर भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकिकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पसचोक तथा मंगलाघाट भेलबाढी नियन्त्रण र तातोपानी कुण्ड ब्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना भएका जानकारी गराइएको थियो । 

    नगर प्रमुख श्रेष्ठ, उपप्रमुख बरुवाल, प्रशासकीय अधिकृत ढकाल, वडा अध्यक्ष लोकबहादुर पुन, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देल, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख जिबन आचार्य, नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्की, अधिकृत युवराज थापा, शिक्षा अधिकारी अर्जुन पौडेल, कृषि अधिकृत आकृति ढुङ्गाना, पशु सेवा अधिकृत झनाशेष श्रेष्ठ, प्राबिधिक प्रदिप गौतम लगायतले जवाफ दिनुभएको थियो । 

    कार्यक्रममा बेनपा ९ का अध्यक्ष बेलबहादुर चोखाल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल र गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

     

     

  • सम्बन्धित विषय:

  • # सार्वजनिक सुनुवाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology