आश तमु पोखरा- गण्डकी प्रदेशमा नवलपरासीपुर्व र तनहुँ गरी १४ जना कोरोना संक्रमित थपिएका छन ।क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नवलपरासी पुर्बमा १२ जना र तनहुँमा दुइ जना रहेका छन ।
स(क्रमितारु
सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । बुधबार बिहान ९ बजे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारि दिएको हो ।
प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।