Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थाले

हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • ०९:५०:३९ बजे
  • 1.8K
    SHARES
  • हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थाले

    हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् ।

    images

    उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो । सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन् ।

    २ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेँडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेँडा पालक सिमकोट गाउँपालिका(२ ठेहेका कालु बोहराले बताए ।

    भेँडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँशी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले बताए ।

    ‘पाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ ।’ चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेँडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो ।

    उनी जस्तै हुलाका अधिकांश भेँडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।’ लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए ।

    हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।

    उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँशीतर्फ झार्नुपरेको बोहराले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology