Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सहित दुई जना पक्राउ

सहित दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १४:३०:१४ बजे
  • 1.1K
    SHARES
  • सहित दुई जना पक्राउ

    मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    images

    बिहीबार दिँउसो २ बजे विराटनगर महानगरपालिका–१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका–६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    त्यसैगरी, बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology