Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १६:३७:३१ बजे
  • 799
    SHARES
  • थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    नेपालमा शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ७ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ३ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप २ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ३ सय ५३ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ५ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology