Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • ०८:४३:३६ बजे
  • 850
    SHARES
  • आजको मौसम

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    images

    आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार पहाडी भूभागको मौसममा आंशिक बदली हुनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology